पहिरोले पुरिएर तेह्रथुममा तीन जनाको मृत्यु

Newslaya Home

पहिरोले पुरिएर तेह्रथुममा तीन जनाको मृत्यु

बिहीबार १९, साउन २०७४

तेह्रथुम । पहिरोमा पुरिएर तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–५ मा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षिय हजुरआमा कुमारी सोदेम्बा, नातिनी १२ वर्षीय प्रिति सोदेम्बा र नाति ९ वर्षिय प्रेम सोदम्बा रहेका छन् ।
गएराति दुई बजे घरमाथिबाट पहिरो खस्दा उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । सोही पहिरोमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा ३६ वर्षीय सोमकुमार सोदेम्बा, २० वर्र्षीय लोकप्रसाद सोदेम्बा र १५ वर्षीय प्रिया सोदेम्बा रहेका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घरमाथिबाट खेतमा सिंचाईका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको हो ।