विश्वमै लोपन्मुख सेतो गिद्ध फेला

Newslaya Home

विश्वमै लोपन्मुख सेतो गिद्ध फेला

बिहीबार १९, साउन २०७४

जाजरकोट । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा विश्वमै दुर्लभ अवस्थाको सेतो गिद्ध फेला परेको छ ।
पंक्षी संरक्षण संघ नेपालका सदस्य रहेका जिल्ला पशु सेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिहले दुई वर्ष देखि नदिएको गिद्ध हालै फेला परेको बताए ।
केही समय अघि जिल्लाको भेरीनगरपालिका ११ मटेलामा सेतो गिद्धको गुँड फेला परेको थियो । तर वातावरण अनुकुल नपाएपछि गिद्धले गुँड छोडेर गएको हुन सक्ने सिहले बताए । दुई वर्ष अघि विश्वमै लोप हुने अवस्थमा पुगेको यो गिद्धको एक जोडी जाजरकोटमा फेला परेको थियो ।
गिद्धलाई प्रकृतिको कुचिकारको रुपमा लिइन्छ । विभिन्न प्रजातीको गिद्ध मध्ये सेतो प्रजातिको गिद्ध विश्मै लोप हुने अवस्थामा पुगेको छ ।
विश्वमा पाइने १३ प्रकारका गिद्ध मध्ये नेपालमा ९ प्रकारका गिद्ध पाइने चरा संरक्षण संघले जनाएको छ । एक अध्ययनका अनुसार सेतो गिद्ध, सुन गिद्ध, हाडफोर गिद्ध र हिमाली गिद्ध गरी चार प्रजाती का गिद्ध जाजरकोटमा पाइन्छ ।