बलिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

Newslaya Home

बलिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

बिहीबार १९, साउन २०७४

धादिङ । धादिङमा आफ्नै बालिकालाई बलात्कार गरेको आरेपमा एक शिक्षक पक्राउ परेका छन् । आरोगल्छी गाउँपालिका—७ मा रहेको सक्सेस एकेडेमीका एक शिक्षक बलात्कारको आरोपमा बिहीबार पक्राउ परेका हुन् ।
एक निजी विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका—१ का २४ वर्षका शिक्षक विष्णुलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडित परिवारको जाहेरी अनुसार उनले बालिकालाई जेठ २७ गते बलात्कार गरेका थिए ।। आरोपी श्रेष्ठमाथी अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।