​इटहरी फुड फेष्टिवल आजबाट सुरु (फोटोफिचरसहित)

Newslaya Home

​इटहरी फुड फेष्टिवल आजबाट सुरु (फोटोफिचरसहित)

–शिशिर ढकाल
बिहीबार २४, माघ २०७५

इटहरी । इटहरीमा आजबाट फुड फेष्टिबल सुरु भएको छ । फेष्टिबलको उद्घाटन प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईले गरेका थिए । 

फेष्टिबलमा ६० वटा खानाका बिभिन्न परिकारका स्टल र मनोरञ्जका समाग्रीहरु राखिएका थिए । फेष्टिबलको आकर्षण बढाउनको लागि कोशी टप्पु बन्यजन्तु आरक्षबाट दुईवटा हात्ति समेत ल्याइएको
 छ । यस्तै मेलामा बुकिङ गरेर हेलिकप्टरबाट ताप्लेजुङको पाथिभरा पुग्न सकिने सुविधासमेत राखिएको छ । 

मेलामा अर्नाको प्रतिमा राखिएको छ । जसमा आगन्तुकहरुले फोटो खिँच्न सक्छन् । मेलामा ६० बढी स्टलको व्यवस्था गरिएको आयोजक होटल व्यवशायी संघले जानकारी दिएको छ ।

मेलाको उद्घाटन गर्दै प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशको समृद्धिको लागि पर्यटन र कृषिको विकासमा जोड दिइएको बताए । उनले सोको लागि विशेष योजनाहरु लागु गरेको समेत जानकारी दिए ।

उनले पर्यटनको विकासको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए ।