Newslaya Home

​इटहरीमा नागरिक समाज र नेपाली सेना दुई पक्षीय भीडन्त (फोटोफिचरसहित)

आइतबार २२, पुष २०७५

इटहरी । सुनसरीको इटहरीमा नागरिक समाज र सुरक्षा निकाय आपसमा भिडेको छ । 

स्थानिय तहका जनप्रतिनिधिहरु, पत्रकार, कलाकार, खेलाडीहरुसँग नेपाली सेना सशस्त्र र नेपाल प्रहरी भिडेका हुन् । तर बन्दुक वा हतियारसहित भिडेको भने होइन, बरु फुटबल प्रतियोगितामा दुईपक्षीय भीडन्त भएको हो ।

सुनसरीको इटहरीमा आयोजना भएको मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगितामा दुवै समुहले समान ७–७ गोल गरेका थिए । नागरिक समाजको टोलीले गरेको गोलमध्ये तीन गोल पुर्व राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङले गरेका थिए भने फुटबल खेलाडी श्याम मानन्धरलेसमेत तीन गोल गरेका थिए । 

इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालयले प्रतियोगिताको आयोजना गरेको हो । कार्यक्रममा मुख्यालयका प्रमुखलाई जनप्रतिनिधिहरुले सम्मानसमेत गरेका थिए । 
मुख्यालयले यसअघि पनि इटहरीमा नागरिकहरुसँग सम्बन्ध सुधारको लागि विभिन्न कार्यक्रम गरिसकेको छ ।