Newslaya Home

पर्यटकिय स्थल हसिना सिमसार (फोटोफिचरसहित)

शुक्रबार ०६, पुष २०७५

बेलबारी । मोरङको सुन्दरहरैचा–५ मा पर्ने हसिना सिमसार प्राकृतिक तथा साँस्कृतिक हिसाबले महत्वपूर्ण र सुन्दर पर्यटकीय स्थल हो । पछिल्लो समय सडक सुविधासँगै यो सिमसारमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यहाँ डाइनोसर, डाँफे, पृथ्वी, नाग, गोहि, गोरिल्ला लगायतका मूर्तीहरु रहेका छन् । 

जुन पर्यटकको आर्कषणको केन्द्र बिन्दु समेत हो । मानिसहरु उक्त मूर्तीहरुलाई हेर्न तथा फोटो खिच्नको लागि पनि यहाँ आउने गर्छन् । साथै मानिसहरु यहाँ पिकनिक खानको लागि पनि आउने गर्दछन् । अन्य समयमा भन्दा पनि जाडोको समयमा यहाँ पिकनिक खाने मानिसहरुको भिड हुने गर्दछ ।

साथै यहाँ एउटा आफै पानी उम्रने पोखरी पनि रहेको छ र उक्त पोखरीमा विभिन्न जातजातका माछाहरु रहेका छन् । यसका साथै यो चारकोशे झाडीसँग जोडिएको नमुना वन भित्र रहेकोले पनि मानिसहरु आफ्ना परिवार तथा साथीभाईहरु सँग घुम्नको लागि आउने गरेका छन् ।