Newslaya Home

कृष्णको जीवनी एउटै टोपीमा (फोटोफिचरसहित)

शिशिर ढकाल
सोमबार १७, मङि्सर २०७५

इटहरी । केही दिनअघि सुनसरीको इटहरीमा एक जना बेलायती नागरिक गेरु वस्त्रमा देखिए । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भागवत संघ (इस्कोन) ले आयोजना गरेको आधुनिक युगमा श्रीमदु्भागवतको प्रयोग विषयको प्रवचन कार्यक्रममा उनले राधा कृष्णको भजनसमेत गाएका थिए । 

क्रिश्चियनीटीको बाहुल्य रहेको बेलायतबाट आएका हिन्दु धर्म प्रचारक उनले आफ्नो नाम नै महाविष्णु स्वामी महाराज राखेका छन् । उनले कार्यक्रममा उपस्थित हुँदा लगाएको टोपी निकै विशेष खालको थियो । निकै आकर्षक देखिने र विभिन्न आकृतीसहितको उक्त टोपीले श्रीकृष्ण र उनको लीला चित्रण गथ्र्यो । त्यहाँ गीताको पुस्तकदेखि कृष्णका विविध गतिविधिको आकृती टाँसिएको थियो । टोलीमा स्वामी प्रभूपादका तस्वीरहरुसमेत देख्न सकिन्छ । उनले लगाएको टोपी र उनको उपस्थितीका केही तस्वीरहरु: