Newslaya Home

इटहरीको चर्चित पर्यटकिय स्थल तालतलैया (फोटोफिचरसहित)

मङ्गलबार ११, मङि्सर २०७५

इटहरी । इटहरीको तालतलैया पनि पर्यटकिय स्थलको रुपमा परिचित रहेको छ ।

यहाँ विभिन्न ठाउँहरुबाट मानिसहरु आफ्नो साथि तथा परिवारको साथमा घुम्नको लागि आउने गर्दछन् । साथै तालतलैया पिकनिक स्पोटका रुपमा पनि परिचित रहेको छ । यहाँ विभिन्न ठाउँहरुबाट मानिसहरु पिकनिक खानको लागि पनि आउने गर्दछन् । 

तालतलैया पुग्न इटहरी र तरहराबाट जान सकिन्छ । यो ठाउँमा तालहरु छन् । तालमा बोटिङ हुन्छ । केही सातायता यहाँ मोटरबोटसमेत चल्ने गरेको छ ।

यस्तै अन्तर्राष्ट्रिय मुर्तीकारहरुले बनाएका ढुंगाका कलात्मक मुर्तीहरु यहाँ राखिएको छ । पिकनिकका लागि यहाँ दर्जनौं टोलीहरु आउने गर्छन् । पानी र सामानहरुको सहज उपलब्धताको कारण तालतलैयामा आउने गरेको पर्यटकहरुको प्रतिक्रिया छ । गत शनिबारमात्रै ५० भन्दा बढी टोली पिकनिकको लागि आएका थिए । नेपालका साथै भारतबाटसमेत घुम्नको लागि र पिकनिकको लागि आउने गर्छन् ।