Newslaya Home

गोकुलममा घुमघामसँगै पिकनिकको भीड बढ्यो (फोटोफिचरसहित विशेषता)

मङ्गलबार ११, मङि्सर २०७५

इटहरी । पूर्वकै लोकप्रिय रिसोर्टका रुपमा चिनिने मोरङको सुन्दरहरैचास्थित गोकुलम रिसोर्टमा घुम्न आउने मानिसको संख्या बढ्दै गएको छ । भिआइपी लजदेखि लिएर बोटिङसम्मको सुविधा रहेको रिसोर्टमा दैनिक ७ सय भन्दा धेरैको मानिस घुम्न आउने गर्छन् ।

अहिले रिसोर्टमा प्रवेश गरे बापत रु १०० रुपैया लाग्ने गरेको रिसोर्टका सञ्चालक गिरिश दङ्गालले जानकारी दिए । जस्मा गाडी पार्किङ, चिल्डेन पार्कमा प्रवेश निशुल्क बनाइएको छ ।

छुट्टीको दिन तथा चार्डपर्वका भीड बढ्ने गोकुलममा कात्र्तिक यता पिकनिकको लागि आउने समुहहरुको कारण थप चहलपहल बाक्लिएको छ । गोकुलम रिसोर्टका विशेषता यस्ता छन्, 

१. भिआइपी लजः गोकुलम रिसोर्टमा भीआइपी लज सन्चालनमा छ । रिसोर्टको आकर्षणको रुपमा रहेको तलाउमाथिको सिमेन्टको टाइटानिक जहाज भित्र भीआइपी कोठाहरु रहेका छन् ।
लजमा ११ वटा एसीजडित व्यवस्थित सुबिधा सम्पन्न कोठाहरु रहेको छन् । 


२. हवाइ जहाजको म्युजियमः रिसोर्टमा आकासमा उडेको जहाज म्युजियमका लागी राखिएको छ । एक निजी कम्पनीको ग्राउण्डेड जहाज रिसोर्टले म्युजियमका लागि राख्ने भएको हो । सोको लागि जहाजको भित्रि र बाहिरी भागमा साजसज्जा भइरहेको छ । 
यो जहाज म्युजियम प्रदेशकै पहिलो जहाज म्युजियम हुनेछ । जहाजभित्रको म्युजियम केहि समयमै सञ्चालनमा ल्याउने तयारी गरेको रिसोर्ट सञ्चालक गिरिश दङ्गालले जानकारी दिए ।


३. लोकप्रिय ल्याण्डमार्कः यसैगरि रिसोर्टमा मिनि धरहरा, ताजमहल, आइफेल टावर, चेस, पञ्जा लगायत विभिन्न विश्वप्रसिद्ध ल्यान्डमार्कहरुका नमूना पनि राखिएको छ । यस्ता आकृती र संरचनामा फोटो खिच्नेहरु पालो पर्खेर बस्ने गरेका छन् ।



४. बोटिङ, घोडचढीः गोकुलममा पाइडल बोट राखिएको छ । पोखरीमा वरीपरी बोटिङ गर्न सकिन्छ । यस्तै घोडचढीको सुविधासमेत छ । गोकुलममा उँटसमेत राखिएको छ । 

५. चिल्ड्रेन पार्कः गोकुलम साना केटाकेटीहरुको लागि पनि विशेष गन्तव्य बनेको छ । यो पार्कमा बालबालिकाहरुले खेल्ने विभिन्न खेल सामाग्रि तथा कार्टुनका प्रतिमाहरु बनाएर राखिएको छ । जसमा बालबालिकाहरु रमाएर फोटो खिँच्न झुम्मिन्छन् । 


६. होटेलः गोकुलममा स्तरीय खाना तथा खाजा पाउने होटल सञ्चालनमा छ । जहाँ आफूलाई मन लागेको परिकार अर्डर गरेर खान सकिन्छ ।


७. पिकनिक स्पोटः गोकुलममा पिकनिक खान चाहने समुहहरुको लागि छुट्टै स्थान व्यवस्था गरिएको छ । जहाँ समुहहरु गोकुलमको सुविधा र दृश्यावलोकन गर्दै पिकनिकमा रमाउन सक्छन् ।

1 प्रतिकृयाहरू प्राप्त
  • Roshan bhattaraiलेख्नुहुन्छ
  • |
  • मङ्गलबार ११, मङि्सर २०७५ ०७:५७
Badhai x gokulam risort ka sampurna pariwar lai ..... sadhai yestai ramra samachar haru sunna pau....