Newslaya Home

यस्तो बन्दैछ इटहरीको मुक्तिधाम (फोटोफिचरसहित)

सोमबार १९, कार्तिक २०७५

इटहरी । इटहरी–४ स्थित रहेको प्रणामी मन्दिरको यसरी साजसज्जा भइरहेको छ । 
मन्दिर (मुक्तिधाम) लाई केही समयदेखि पुनर्निर्माण गर्न थालिएको हो । मन्दिरको पुरानो मुख्य संरचनालाई कायम राखेर भित्री तथा बाहिरी भागको सजावट भइरहेको हो । 

यो सजावट र निर्माणको लागि जनस्तर र दाताहरुबाट सहयोग संकलन गरिएको छ । मन्दिर २०७५ साल चैत्र २४ गतेसम्ममा निर्माण सकेर उद्घाटन गर्ने लक्ष्य राखिएको छ । चैत्र २३ गते देखि ३० गते सम्म मुक्तिधाममा प्राणनाथ चतुर्थ शताब्दी समापन समारोहका अवसरमा मन्दिरको उद्घाटन गरिने समारोह आयोजक समितिका अध्यक्ष हेम घिमिरेले जानकारी दिए ।

मन्दिर बनाउन कुल ७ करोड रुपैया र उद्घाटन कार्यक्रमका लागि दुई करोड रुपैया खर्च हुने अनुमान गरिएको छ ।

मुक्तिधामको एक थान पिलर(खम्बा) को निर्माणका लागि ५ लाख रुपैया सहयोग संकलन गरिएको छ । दाताको नाम ताम्रपत्रमा लेखिने बताइएको छ । 

साथै ११ लाख रुपैयाभन्दा बढी दान गर्ने दाताले इच्छाएको व्यक्तिको मूर्ति बनाएर मन्दिर परिसरमा राखिने बताइएको छ ।