Newslaya Home

​खनारमा सुरु भयो पूर्वाञ्चल आइसक्रिम पार्लरको शाखा (फोटोफिचरसहित)

बिहीबार २५, असोज २०७५

सुनसरीको इटहरीस्थित खनारमा पूर्वाञ्चल आइसक्रिम पार्लर खुलेको छ । इटहरीको धरान रोडमा रहेको पार्लरको शाखाको रुपमा खनारमा शाखा खुलेको हो ।

पूर्वाञ्चलमा दमक र बिर्तामोडमा समेत पूर्वाञ्चलको शाखा यसअघि नै सञ्चालनमा आइसकेको छ । कम मूल्यमा स्तरीय फास्टफुडको लागि पूर्वाञ्चल इटहरीकै राम्रो होटलमा गनिन्छ । यहाँ मम, चाउमिन लगायत भेज खानाको लागि मानिसहरु पुग्ने गर्छन् ।

पूर्वाञ्चलले फास्टफुड खाजाका साथै बेकरी आइटमसमेत उत्पादन गरी बेच्ने गरेको छ । केक, आइसक्रिम, पाउरोटी लगायत समेत पार्लरले उत्पादन तथा बिक्रि गर्दै आएको छ । 

‘ग्राहकहरुले गरेको मायाका कारण हामीले शाखा विस्तार गर्न सकेका छौं,’ सञ्चालक दामोदर बिडारीले भने, ‘खनारमा रहेको शाखाले राजमार्ग हुँदै आवत जावत गर्नेहरुलाई छिटो र मिठो खाजा उपलब्ध गराउनेछ ।’  यसका साथै खनारवासीहरुको समेत माया र सद्भाव पाउने उनले विश्वास लिएको बताए ।

बिडारीले स्वच्छ र सफा वातावरणमा सुलभ मूल्यमा छिटो मिठो खाजा उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको बताए । ‘त्यसैले इटहरीको शाखामा ग्राहकहरुको भीड हुने गर्छ,’ उनले भने, ‘हाम्रा अरु बेकरी आइटमहरुमा समेत ग्राहकहरुको रुचीछ ।’ एसीसहितको कोठामा बसेर खाद्य तथा पेय पदार्थको मज्जा लिन सकिने उनले बताए ।

उनले शाखा विस्तारलाई आगामी दिनमा समेत अघि बढाउने बताए ।