Newslaya Home

​यस्तो बन्दैछ नयाँ वृन्दावन गौशाला (फोटोफिचर सहित)

आइतबार १७, भदौ २०७५

मोरङ । मोरङको सुन्दरहरैँचामा नया वृन्दावन गौशाला निर्माणाधिनको क्रम जारी रहेको छ । यस गौशालमा संसारकै सबैभन्दा ठुलो गाईको प्रतिमा बन्ने भएको छ । जसले गर्दा यो स्थान धार्मिक पर्यटकिय स्थलका रुपमा पनि विकसित हुँदै गइरहेको छ । अहिले यस स्थानमा घुमफिर तथा फोटो खिच्न आउने मानिसहरुको संख्यामा समेत वृद्धि हुन थालेको छ । साथै यस स्थानमा विभिन्न किसिमका कार्यक्रमहरु पनि सञ्चालन हुने गरेका छन् । साथै यस वृन्दावनमा बाल बालिकाका लागि अनाथालय र वृद्धवृद्धाका लागि वृद्धाश्रम पनि निर्माण गरिने भएको छ ।